काठमाडौं ।
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफूले गर्न लागेको समानान्तर महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।
आजबाट सम्पर्क कार्यालय चुनदेवीमा बसिरहेको समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले यस्तो जानकारी गराएका हुन् ।
बैठकमा उनले भने– ‘केन्द्रीय महाधिवेशनका लागि खुल्ला मञ्चलाई चयन गरिएको छ।’
संयोजक पोखरेलका अनुसार निर्वाचन प्रयोजनका निमित्त खुल्ला मञ्चमै साना–साना निर्वाचन स्टलहरू निर्माण गरी त्यहीँबाट मतदान तथा निर्वाचन प्रक्रिया सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ।
जारी महाधिवेशन कार्यक्रमअन्तर्गत हालसम्म ५९ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको समेत संयोजक पोखरेलले बताए ।












