काठमाडौं ।
मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २।२६ अंक बढेको थियो ।
आज नेप्से परिसूचक मात्रै बढेन, कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५५ करोडको भयो ।
१६५ कम्पनीको मूल्य बढ्यो भने १११ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।












