काठमाडौं ।
नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा बैठक जारी छ । बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा।स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा।निश्चलनाथ पाण्डे सहभागी छन् ।
भारतीय पक्षबाट विदेशमन्त्री डा।एस जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।












