प्रधानमन्त्री बालेनले भारतमा लिए सेनाको सलामी

केन्द्रभाग मिडिया

काठमाडौं ।

दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले भारतीय सेनाको सलामी लिएका छन् । भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई विमानस्थलमा सलामी दिएका हुन् ।

आइतबार नेपालबाट भारत भ्रमणमा निस्कँदा प्रधानमन्त्री शाहले नेपाली सेनाबाट सम्मान गारत (गार्ड अफ अनर) लिएनन् । कुनै तामझामबिना नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका उनले भारतमा भने सेनाको सलामी लिएका हुन् ।

नेपालमा सम्मान गारत नलिए पनि प्रधानमन्त्री शाहले भारतमा सलामी लिएपछि टिकाटिप्पणी सुरु भएको छ ।

  • ६ मंसिर २०८३, आईतवार १६:३९ प्रकाशित