काठमाडौं ।
सत्तारुढ नेपाली काँग्रेसको संसदीय दलको बैठक (आज) मंगलबार बस्दैछ । सोमबार विहान बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदको गतिरोध, एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्तावमाथि छलफल हुने छ ।सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएर संसदको गतिरोधबारे छलफल भएको थियो ।
प्रमुख प्रतिपक्षी एमालेले विनाको बैठकले संसदको गतिरोध अन्त्यमा पहल गर्न शीर्ष नेतालाई जिम्मेवारी दिएको छ । यस्तै फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । त्यसका लागि आफ्ना दलका संसदसँग देउवाले छलफल गर्न लागेका छन् ।
सत्ता घटक काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । काँग्रेसले उक्त महाभियोग प्रस्तावमाथि आगामी रणनीति बनाउने छ ।