काठमाडौं ।
साताको कारोबारको पहिलो दिन आज आइतवार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २८०० रुपैयाँले घटेको हो ।
आज सुन तोलामा २८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।













