यी तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । अहिले (आइतबार) बिहान कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा आंशिक बदल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको तराई भूभागका साथै मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली क्षेत्रमा साथै कोशी प्रदेशको तराई क्षेत्रमा र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

  • ६ मंसिर २०८३, आईतवार ०७:३४ प्रकाशित