एनपीएल फाइनलको टिकट नपाएपछि दर्शकहरु आक्रोशित, त्रिवि मैदानमा भिड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् ।

टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि अहिले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड जम्मा भएको छ ।

उनीहरूले टिकट नपाएर आएको भन्दै किन यस्तो भयो रु भन्ने प्रश्न राखेका छन् । उनीहरूले क्यानले स्टेटमेन्ट देखाउनुपर्ने माग समेत राखेका छन् ।

शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका हुन् ।

दिउँसो १२ बजेर ५७ मिनेटमा टिकटिङ प्लेटफर्म हेर्दा नै फाइनलको टिकट ‘सोल्ड आउट’ देखिएको थियो । केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री दिउँसो १ बजे खुल्ने समय देखिएको थियो ।

तर, बिक्री सुरु हुने समय भएपछि प्रयास गर्दा पनि टिकट काट्न नसकेको उनीहरूले बताएका छन् ।

एनपीएलको फाइनल खेल भोलि हुँदैछ । त्रिवि मैदानमा साँझ ५ बजेबाट सुरु हुने फाइनल खेलका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

  • ४ मंसिर २०८३, शुक्रबार १६:५१ प्रकाशित