काठमाडौं ।
शुक्रबार सेयर बजार ७.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३.६२ अंक बढेको थियो।
आज ८९ कम्पनीको मूल्य बढेको छ भने १८१ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८८ करोडको भयो ।













