निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको छ ।

आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी जीवन ज्ञवालीले शुक्रबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको २० औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

नेपालको संविधानको धारा २९४ को उपधारा(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस भएको हो ।

प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे ।

‘निर्वाचन आयोगको जिम्मेवारी महत्वपूर्ण छ । जनप्रतिनिधि निर्वाचित गर्ने जिम्मेवारी सानो होइन । मुलुकको शासन सञ्चालनको आधार तयार गर्ने महत्वपूर्ण पक्ष निर्वाचन आयोग हो ।’ प्रदेश प्रमुख भट्टले भने

निर्वाचन आयोगका काम कारबाही बढी सचेततापूर्वक, गम्भिरतापूर्वक हुनुपर्ने उल्लेख गर्नुहुँदै उनले धाँधलीरहित ढंगले निष्पक्षपूर्वक निर्वाचन गर्नु, सुरक्षित तबरले मतपेटिका मतगणनास्थल पुर्‍याउनु, मत गणना गरी नतिजा सार्वजनिक गर्ने जस्ता काम पक्षपातरहित हुनुपर्नेमा आयोगको विशेष ध्यान रहने विश्वास व्यक्त गरे ।

प्रदेश निर्वाचन अधिकारी ज्ञवालीले गत माघ ११ गतेको राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन परिणामको सारांश प्रस्तुत गरे । अबको स्थानीय तह निर्वाचनका लागि आयोग तयारीमा जुटिसकेको उल्लेख गरे ।

  • ४ मंसिर २०८३, शुक्रबार १५:०६ प्रकाशित