फेरि फैलिँदै दादुरा, सतर्कता अपनाउन आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

विकसित देशहरूमा दादुरा सङ्क्रमण तीव्र रूपमा बढिरहेको र केही देशहरूले दादुरा निवारणको मान्यतासमेत गुमाइसकेको सन्दर्भमा दादुरा–रुबेलाबाट बालबालिकालाई जोगाउन खोपमा सतर्कता अपनाउन आह्वान गरिएको छ।

खोपको अपूर्ण कभरेज, खोपसम्बन्धी भ्रम तथा गलत सूचना, बालबालिकाले दुवै मात्रा खोप नलगाउनु र ज्वरो तथा शरीरमा बिमिरा देखिएका शङ्कास्पद बिरामीको समयमै पहिचान तथा रिपोर्टिङ नहुनुजस्ता कारणले दादुरा बढिरहेको औँल्याइएको छ। यसबाट बच्न बालबालिकालाई नियमित खोप तालिकाअनुसार ९ महिनामा पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा गरी दुई मात्रा खोप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले लक्षित सबै बालबालिकाले निःशुल्क तथा सुरक्षित खोप लगाएको सुनिश्चित गर्न जोड दिएको छ, जसले जीवन रक्षा गर्न सघाउँछ।

  • ३ मंसिर २०८३, बिहीबार १६:५४ प्रकाशित