राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेकाले दुई दिन अघि जिम्मेवारी सम्हाल्न पाण्डे नयाँ दिल्ली पुगेका थिए । उनलाई लगत्तै ओहदाको प्रमाणपत्र बुझाउने अवसर मिलेको हो ।

प्रधानमन्त्री शाहको भ्रमण आउँदो आइतबार हुने छ । दुई दिने भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार स्वेदश फर्किनेछन् ।

  • ३ मंसिर २०८३, बिहीबार १६:४० प्रकाशित