आज झिनो अंकले बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

बिहीबार सेयर बजार सामान्य अंकमा बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ३.६२ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन ११ अंकले बजार घटेको थियो ।

आज १३८ कम्पनीको मूल्य बढेको छ भने १३२ को घटेको छ । त्यस्तै कारोबार भएका १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ४ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो ।

  • ३ मंसिर २०८३, बिहीबार १५:२८ प्रकाशित