आज पनि घट्यो सुनको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको पाचौ दिन बिहीवार आज पनि सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • ३ मंसिर २०८३, बिहीबार ११:११ प्रकाशित