एक वर्षमा राष्ट्र बैंकको नाफा ४ खर्ब १० अर्ब

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकको कुल खुद नाफा १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो । प्रतिवेदनअनुसार राष्ट्र बैंकको नाफामा यति ठुलो उछाल आउनुको मुख्य कारण विदेशी विनिमय तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ हो ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकले खुद विदेशी विनिमय पुनर्मुल्याङ्कन लाभबाट २ खर्ब ५४ अर्ब रुपैयाँ तथा सुन तथा चाँदी पुनर्मुल्याङ्कन लाभबाट ७१ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो वर्ष विदेशी विनिमय पुनर्मुल्याङ्कन लाभ ४५ अर्ब ३ करोड र सुनचाँदी पुनर्मुल्याङ्कन लाभ ४६ अर्ब ८८ करोड ६७ लाख रुपैयाँ मात्र रहेको थियो ।

  • २ मंसिर २०८३, बुधबार १६:५९ प्रकाशित