दानबहादुरको रिट निवेदनको अर्को सुनुवाइ मंसिर ७ गते हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार ९मंसिर ७० अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो ।

त्यो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, कार्कीलाई हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल र नवनियुक्त आईजीपी डा। मनोज केसीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीबीच बहस हुनेछ ।

सर्वोच्चले बुधबार भने अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षको छलफल पछिमात्रै अन्तरिम आदेशबारे निर्णय लिनका लागि छलफलमा डाकेको हो ।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट हटाएर केसीलाई नियुक्त गरेको थियो ।आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएको भन्दै कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

  • २ मंसिर २०८३, बुधबार १६:१९ प्रकाशित