काठमाडौं ।
साताको कारोबारका क्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक ११.०५ अंकले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको हो।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र परिसूचक दबाबमा परेको देखिन्छ।
बुधबारको कारोबारमा १९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको मूल्य बढेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
बुधबार सेयर बजारमा कुल ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ। यसक्रममा १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच भएका छन्।












