तनहुँ ।
तनहुँको व्यास नगरपालिकामा सञ्चालित आँखा उपचार केन्द्र स्थापनाको पहिलो दिनमा २५ जनाले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन् । यस पछि विरामीका लागि दर्ता शुल्क वापत ५० रुपैया तोकिएको छ ।
नेपाल नेत्रज्योति संघ कास्की एवं हिमालय आँखा अस्पताल घारीपाटनको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा व्यास नगरपालिकाको कार्यालय परिसर दमौलीमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा निःशुल्क आँखा परिक्षण गरिएको हो ।
हिमालय आँखा अस्पताल सामुदायिक कार्यक्रम संयोजक सुभाष नेपाल र आँखा उपचार केन्द्र व्यासका नेत्रसहायक गोविन्द ढकालले विरामीको आँखा परिक्षण गर्नुभएको थियो । परिक्षणका क्रममा अधिकांश विरामीको आँखाको दृष्टि कमजोर भएको र चश्मा प्रयोग गर्नुपर्र्ने देखिएको जनाइएको छ ।
नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार हिमालय आँखा अस्पताल एक्लै र स्थानीय पालिकासंग समन्वयका आधारमा विभिन्न जिल्लामा २८ वटा आँखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा गर्दै आएको छ ।
अस्पतालले आँखा उपचार सेवालाई ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म पु¥याउने उदेश्यले विभिन्न जिल्लामा सेवा विस्तार गर्दै आएको हो ।
उनका अनुसार तनहुँको व्यासस्थित आँखा उपचार केन्द्रमा आइकेयर फाउण्डेसनको सहयोगमा करिब २० लाख मुल्य वरावरका आँखा परीक्षण तथा उपचार सम्वन्धी उपकरणको व्यवस्था गरिएको छ । आवश्यक उपकरणसहित केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई आँखा सम्वन्धी सामान्य परिक्षण तथा उपचारका लागि अन्यत्र जानुपर्ने वाध्यता कम भएको छ ।
कर्णालीका ४ वटा र गण्डकीका २८ वटा गरी कूल ३२ वटा सेवा केन्द्रमार्पmत विरामीको आँखा परिक्षण र उपाचार हुँदै आएको छ भने उक्त केन्द्रमा शल्यकृया गर्नुपर्ने विरामीको लगत संकलन गरि अस्पतालबाट शल्यकृया शिविरको आयोजना गर्दै आएको अस्पताल व्यवस्थापक कुमार गर्बुजाले जानकारी दिए ।
स्थानीयस्तरमै आँखा उपचार सेवा उपलव्ध गराउने, समयमै आँखाको समस्या पहिचान गर्ने र उपचारको पहुँच विस्तार गर्ने उदेश्यले अस्पताल र स्थानीय तहको सहकार्यमा केन्द्र सञ्चालन गरिएको उनको भनाई छ ।













