आज ६ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको चौथो दिन बुधवार पनि सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।

आज तोलामा ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ११० रुपैयाँले घटेर प्रतितोला ३३८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • २ मंसिर २०८३, बुधबार ११:२२ प्रकाशित