स्रोत नखुलेको १ करोड ६७ लाख नगदसहित ३ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रहरीले ललितपुर महानगरपालिका–२ स्थित नख्खुबाट स्रोत नखुलेको १ करोड ६७ लाख नगदसहित ३ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले मंगलबार दिउँसो स्रोत नखुलेको नगदसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका ३२ वर्षीय जयराम केसी र काठमाडौँको बानेश्वर घर भएका प्रज्वल रिजाल छन् ।

बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा रकम लिएर हिँडिरहेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरू पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • १ मंसिर २०८३, मंगलवार १६:०१ प्रकाशित