काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ।
तीन दिनको बिदापछि मंगलबार खुलेको बजारमा ३५३ वटा स्क्रिपको १ करोड १२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७३ करोड ११ लाख बराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये १८५ वटाको सेयर मूल्य घटेको छ भने ८६ वटा कम्पनीको मूल्य बढेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।













