च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

एमालेले गर्न लागेको राष्ट्रिय भेला लगायतका विषयमा छलफल गर्नका लागि आजको बैठक बसेको हो ।एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।

  • १ मंसिर २०८३, मंगलवार १४:५४ प्रकाशित