काठमाडौं ।
साताको कारोबारको तेस्रो दिन मंगलवार पनि सुनको मूल्य घटेको छ। हिजो ११ सय रुपैयाँले घटेको सुनको मुल्य आज प्रतितोला १९०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मुल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ रहेको थियो । कारोबारको पहिलो दिन आईतबार १५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३४९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।













