वीपीको उपन्यास ‘तीन घुम्ती’ नाटकमा हेर्न पाइने

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको कालजयी उपन्यास ‘तीन घुम्ती’ नाटकमा हेर्न पाइने भएको छ । कान्तिपुर थिएटरले उपन्यासलाई नाटकको रूपमा प्रस्तुत गर्न लागेको हो ।

सुनैना पन्थीको परिकल्पना तथा निर्देशन रहने नाटकको नाट्य लेखन तथा रूपान्तरण कवयित्री रिमा केसीले गरेकी छन् । यसअघि ‘मिरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’, ‘सेतो धरती’, ‘महाभारत’ र ‘समर लभ’ जस्ता नाटकहरू मञ्चन गरेको थिएटरले दर्शकको चाहना अनुसार यो नाटक मञ्चन गर्न लागेको हो ।

नाटक ‘तीन घुम्ती’ का तीन मुख्य पात्रहरू इन्द्रमाया, पीताम्बर र रमेशको भूमिकाका लागि अडिसन मार्फत कलाकार छनोट गर्न लागिएको छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारले ‘तीन घुम्ती’ पुस्तक राम्रोसँग पढेको र पात्रको चरित्र बुझेको हुनुपर्ने सर्त राखिएको छ ।

त्यस्तै, अभिनय सिकेको अथवा थिएटर वा फिल्ममा काम गरेको अनुभव हुनुपर्ने एकेडेमीले जनाएको छ ।

  • ३० कार्तिक २०८३, सोमबार १२:२४ प्रकाशित