काठमाडौं ।
साताको कारोबारको दोश्रो दिन आज सोमवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले घटेको हो ।
आज सुनको मुल्य तोलामा ११ सय रुपैयाँले घटेर २६९१०० रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो प्रतितोला २७०२०० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य ८० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३५२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।












