निर्वाचनबारे छलफल गर्न आयोगले गर्‍यो राजनीतिक दललाई पत्राचार

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ ।

आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मङ्सिर ४ गते छलफलका लागि पत्रचार गरिएको पुष्टि गरे ।

सरकारले आगामी फागुन महिनामा स्थानीय तह निर्वाचन गर्ने तयारी गरेको छ । त्यस्तै, स्थानीय र प्रदेश तह निर्वाचन एकै चरणमा गर्ने कि नगर्ने भन्नेबारे पनि बहस हुँदै आएको छ ।

  • २९ कार्तिक २०८३, आईतवार १७:०५ प्रकाशित