कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता हुने भएको छ । कांग्रेस सभापति गगन थापाले छठ पर्वपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यो बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गरिने जानकारी दिएका हुन् ।

छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आयोजित कार्यक्रममा थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको बताएका हुन् ।

‘छठपछि केन्द्रीय कार्यसमितिको बैठक बस्छ । बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने गरी निर्णय गर्ने तयारीमा छौँ,’ थापाले भने, ‘त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने योजना रहेको छ । अन्तिम टुङ्गो लगाउन बाँकी छ ।’

दुवै अधिवेशन सकिएपछि कांग्रेस स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा जुट्ने बताए ।

  • २९ कार्तिक २०८३, आईतवार १६:५७ प्रकाशित