एनपीएल : आज काठमान्डु र सुदूरपश्चिम अनि जनकपुर र चितवन भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज शुक्रबार दुई महत्त्वपूर्ण खेल हुँदै छन् ।

पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दै छन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछन् ।

दुवै टोली हाल समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । आज जित्ने टोलीले शीर्ष ४ मा स्थान पक्का गर्नेछ । यस्तै आज जनकपुर र चितवन प्लेअफ दौडमा रहिरहन खेल जित्नैपर्ने दबाब छन् ।

दुई खेल बाँकी रहेको चितवनलाई जितको विकल्प छैन । उता अन्तिम खेल खेल्न लागेको जनकपुरलाई भने जितसँगै अन्य टोलीको नतिजा पनि अनुकूल हुनुपर्नेछ ।

पाँच खेल खेलेका चितवनसँग ५ अंक र जनकपुरसँग ४ अंक छन् । आज जित्यो भने जनकपुरको ६ हुनेछ । यद्यपि प्लेअफका अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।

  • २७ कार्तिक २०८३, शुक्रबार ०८:५९ प्रकाशित