पोखरा ।
होटल संघ पोखराले तिहारका अवसरमा बुधबार आयोजना गरेको भाइटीका महोत्सवमा विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका छन् । पोखरामा भ्रमणमा रहेका अमेरिका, बेलायत, चीन, जापान, अस्ट्रेलियालगायत विभिन्न १५ देशका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका हुन् ।
उनीहरूलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरूले भाइटीका लगाइदिएका हुन् ।आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले संघले संस्कृतिका माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने र आपासी भाइचार अभिवृद्धि गर्ने उद्देश्य महोत्सवले लिएको बताए ।
सो अवसरमा पर्यटकले देउसी खेलेर र नाचगान गरेर समेत रमाएका थिए ।सो अवसरमा पर्यटकलाई सेलरोटी चखाइएको र महिला पर्यटकलाई पछ्यौरा र पुरुषहरूलाई ढाका टोपी उपहारस्वरुप प्रदान गरिएको थियो ।













