गण्डकीमा निशुल्क रगत वितरण कार्यक्रमको मुख्यमन्त्री पोखरेलद्धारा सुरुवात

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा रक्तजन्य पर्दाथको निशुल्क उपलब्ध गराउन सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने कार्यक्रमको सुरुवात गरेको हो । फागुन १ गते देखि कास्की रेडक्रसबाट निशुल्क रगत वितरण कार्यको सुरुवात गरिएको हो ।

कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले उद्याटन गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की र मातृशिशु मितेरी अस्पतालकाबीच निशुल्क रगत उपलब्ध गराउने सम्झौता  भएको छ ।

सोही कार्यक्रममा मुख्यमत्री पोखरेलले गण्डकी प्रदेशको ‘स्वास्थ्य नीति २०७८’ सार्वजनिक गरे । पोखरेलले संविधानले स्वास्थ्य सरकारको जिम्मा भनेको स्मरण गरे गदै स्वास्थ्यमा प्रत्येक नागरिकको पहुचँ स्थापीत गरिने बताए । स्वास्थ्यको सवालमा सरकार संवेदनसील रहेको बताए ।

गण्डकीमा गत वर्ष करिब २८ हजार पिन्ट रगत खपत भएको तथ्याङक छ । त्यो मध्य कास्कीमा मात्र २६ हजार पिन्ट रगत खपत भएको रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले जानकारी दिए । प्रदेश सरकारले यस कार्यक्रमका लागि २ करोड ६० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

  • १ फाल्गुन २०७८, आईतवार १६:५६ प्रकाशित