काठमाडौं ।
नेपाली कांग्रेसको नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बस्ने भएका छ । बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा अनौपचारिक बैठक बस्ने जानकारी पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
‘दिउँसो ३ बजे काठमाडौँमा उपलब्ध पदाधिकारीको अनौपचारिक बैठक आह्वान भएको छ । समसामयिक राजनीतिबारे कुराकानी हुन्छ,’ कार्यवाहक मुख्यसचिव दुलालले भने ।
उपसभापति मधु आचार्यले बैठकमा पदाधिकारीको कार्यविभाजन र समसामयिक राजनीतिबारे छलफल हुने जानकारी दिए ।
गत असोज १८ देखि २३ गतेसम्म भएको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीको कार्यविभाजन अहिलेसम्म भएको छैन । त्यही कार्यविभाजन गर्न नेताहरूबीच छलफल हुन लागेको हो ।












