आज सेयर बजारमा ५.४५ अङ्कको गिरावट

केन्द्रभाग मिडिया

काठमाडौं।

शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ। कारोबारको अन्त्यमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ५.४५ अङ्कले घटेर २६९०.१५ विन्दुमा बन्द भएको छ।

परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३४८ वटा कम्पनी तथा धितोपत्रका २ करोड २८ लाख ६२ हजार कित्ता सेयर ७४ हजार ५४ पटकको खरिदबिक्रीबाट कुल ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। कुल १६९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १०२ कम्पनीको मूल्य बढेको छ। बाँकी ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

  • १३ कार्तिक २०८३, शुक्रबार १५:४० प्रकाशित