ट्राफिक प्रहरीलाई मेडिप्लसको प्राथमिक उपचार र तनाव व्यवस्थापन तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र  मातहत रहेका ट्राफिक प्रहरीका लागि प्राथमिक उपचार, तनाव व्यवस्थापन तालिम, स्वस्थ्य परिक्षण एवं प्राथमिक उपचार सामग्री वितरण कार्यक्रम गरेको छ । शुक्रबार विहान सम्पन्न कार्यक्रममा अस्पतालका अध्यक्ष आनन्द भट्टराईले कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्ष गोविन्द राज काफ्लेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण, स्वास्थ्य परिक्षण एव तनाव व्यवस्थापन कार्यक्रममा बोल्दै एसपी काफ्लेले ट्राफिक प्रहरी विभिन्न कठिन र जस्तोसुकै अवस्थामा पनि सडक र अन्य स्थानमा खट्दा विभिन्न तनाव बेहेर्नुपर्ने उल्लेख गरे । उनले ट्राफिक प्रहरीलाई पनि विभिन्न समयमा रिफ्रेसको आवश्यकता हुने धारणा राखे । त्यसका लागि यस्तााखालका कार्यक्रम उपयोगी हुने बताए ।

कार्यक्रममा बोल्दै मेडिप्लसका सईओ प्रकाश विकले ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार र अन्य विविध कार्यक्रम मार्फत ट्राफिक प्रहरीसंग आफूहरु जोडिइरहने जानकारी दिए । प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरिएको बताएका उनले विभिन्न प्याकेजमै सहकार्य हुने समेत उल्लेख गरे ।

मेडिप्लस अस्पतालका मेडिकल डाइरेक्टर डा. सरोज पोखरेलले सामाजिक उत्तरदायित्व अन्तर्गट ट्राफिक प्रहरीसंग मिलेर विभिन्न कार्यक्रम गरिँदै आएको जानकारी दिए । ट्राफिक प्रहरीको मानसिक र व्यक्तिगत स्वास्थ्यका साथै प्राथमिक उपचार तालिम र स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम गरिएको बताए । उनले विगतमा झै निरन्तर सहकार्यलाई अगाडि बढाउने बताए ।

सो अबसरमा अच्युत आचार्यसहित विषय विशेषज्ञ डाक्टरहरुले प्रहरीलाई मानसिक स्वास्थ्य लगायतका विषयमा जानकारी गराएका थिए ।

 

 

 

 

 

 

  • १३ कार्तिक २०८३, शुक्रबार ११:२८ प्रकाशित