महाभियोग लागेपछि जबराले के भने ?

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुलाई महाभियोग लागेपछि प्रतिक्रिया जनाएका छन् । उनले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो । संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ । त्यो अधिकार वहाँहरूले प्रयोग गर्नु भएको हो । यसमा त म खुसी नै छु ।’

  • १ फाल्गुन २०७८, आईतवार १३:१८ प्रकाशित