एनपीएल : आज पोखरा एभेन्जर्स र सदूरपश्चिम रोयल्स भिड्ने

केन्द्रभाग मिडिया

पोखरा ।

काठमाडौंंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । आज एउटा मात्रै खेल हुने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ५ बजेदेखि सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सको रोचक भिडन्त हुने अपेक्षा गरिएको छ ।

यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पोखरा पराजित भएको थियो । यसपटक जित निकाल्दै पोखरा सुखद् नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमा प्लेअफसम्म पुग्न सकेको थिएन ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स भने जारी प्रतियोगिताको पहिलो खेलमै व्यहोरेको हारलाई बिर्सेर पुनरागमन गर्ने योजनामा छ ।

सुदूरपश्चिम यसअघि लगातार दुई संस्करणको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टोली हो । यही ९ गतेदेखि सुरु भएको एनपीएलमा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको फाइनल भिडन्त आगामी मङ्सिर ५ गते हुने तालिका छ ।

 

  • ११ कार्तिक २०८३, बुधबार ०९:४५ प्रकाशित