एनपीएलमा आज दुई खेल हुँदै

पहिलोमा विराटनगर किंग्स र चितवन राइनोज र दोस्रोमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच भिडन्त

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् ।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता विदेशी खेलाडी छन् ।अघिल्लो सिजनमा किंग्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

पहिलो क्वालिफायरलमा सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि फाइनल खेल्न पाएको थिएन । चितवन राइनोज अघिल्लो सिजनमा प्लेअफ नपुगी बाहिरिएको थियो। यसपालि चितवनमा सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडी छन्।

दोस्रो खेल अपराह्न साढे ४ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ । जनकपुर पहिलो सिजनको विजेता हो। दोस्रो सिजनमा भने उ प्लेअफ नै नपुगी बाहिरिएको थियो ।

जनकपुरमा मोइन अली, जिमी निसम र इफ्तिखार अहमदजस्ता विदेशी खेलाडी छन् । कर्णाली याक्समा डेभिड मिलर, साहिबजादा फरहान र हुसेन तलत लगायतका विदेशी खेलाडी छन् ।

  • १० कार्तिक २०८३, मंगलवार ०९:१५ प्रकाशित