बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गर्ने समूहका पाँच जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।
बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ ।

राजस्थान प्रहरीको ‘एन्टी ग्याङस्टार टास्क फोर्स’ (एजीटीएफ) र कोटा प्रहरीले संयुक्त कारबाही गर्दै सोमबार तीन जना आरोपीलाई कोटा रेलवे स्टेशनबाट गिरफ्तार गरेको हो ।

प्रारम्भिक जानकारी अनुसार यी तीनै जना मुम्बईबाट दिल्ली जाँदै गरेको रेलमा चढेका थिए । उनीहरूलाई दिल्ली जाँदै गरेको अवस्थामा कोटामा पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये दुई जना हरियाणा र एक जना महाराष्ट्रका बासिन्दा रहेको बताइएको छ । यी तीनै जना अभिनेता श्राफलाई गोली चलाउने समूहका प्रमुख सदस्य रहेको प्रहरीको भनाइ छ ।

यसैबिच अर्का एक जनालाई महाराष्ट्र–गुजरात सीमाबाट सोमबार नै पक्राउ गरिएको छ । अर्का एक जना भने आइतबार नै पक्राउ परेका थिए ।एजेन्सी

  • २ कार्तिक २०८३, सोमबार १२:४६ प्रकाशित