बुढीगण्डकीमा बाढी : आरुघाटको पुल पनि बग्यो

केन्द्रभाग मिडिया

गोरखा ।

बूढीगण्डकीको बाढीले आरूघाटको पुल पनि बगाएको छ । आरूघाट गाउँपालिका वडा–९ नयाँ पुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर आकाश कँडेलले जानकारी दिए । ‘पक्की पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको छ,’  उनले भने ।

आरूघाट बजार भने खाली गराइएको छ । आरूघाटमा बूढीगण्डकीको जलसतह खतराको तहभन्दा अत्यधिक बढेपछि बजार खाली गरिएको इन्स्पेक्टर कँडेलले जानकारी दिए ।

अहिले पनि जलसतह नघटेको उनले बताए । ‘माथि नदी थुनिएको ठाउँमै बढ्ने घट्ने भइरहेको छ । तल्लो तटीय क्षेत्रमा अझै घटेको देखिएको छैन,’ उनले भने ।

  • २५ आश्विन २०८३, आईतवार १०:२८ प्रकाशित