पोखरा महानगर नगर सभा : २३ करोड बजेट रकमान्तर, ५ विधेयक पारित

केन्द्रभाग मिडिया

पाेखरा ।
पोखरा महानगरपालिकाकोे दशौं नगरसभाले पाँचवटा विधेक पारित गरेको छ । सभाले कर्मचारी सेवा विधेयक २०७८, सहित खेलकुद विकास ऐन, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, नगर प्रहरी ऐन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेको हो । विधायन समितिका संयोजक शोभामोहन पौडेलले सभामा विधेक पेश गरेका थिए ।

त्यस्तै नगरसभाले आर्थिक वर्ष २०७८÷७९ को चालु वार्षिक विनियोजित वजेटबाट अत्यावश्यक योजनामा वजेट रकमान्तर गर्ने बाटो पनि खेलिदिएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङ्गले सभामा संशोधन प्रस्ताव पेश गरेकी थिइन् । सभामा २३ करोड १३ लाख बजेट रकमान्तर गर्न अधिकार दिएको छ । महानगरले चालु आर्थिक वर्षका लगि ६ अर्ब २७ करोडको बजेट ल्यएको थियो ।

नगर सभाका अध्यक्ष मेयर मानबहादुर जिसीले वाकीँ रहेका कामलाई पूर्णता दिने गरि काम गर्न वडा अध्यक्ष र कर्मचारीलाई निर्देशन दिए ।

नगर सभा उद्याटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश राजधानी पोखराको विकासका लागि महानर र प्रदेश सरकारले हातोमालो गर्नुपर्ने बताएका थिए । मुख्यमन्त्री पोखरेलले सहकार्य नभए लक्षमा पुग्न नसकिनेमा जोड दिए ।

 

  • २८ माघ २०७८, शुक्रबार १८:४६ प्रकाशित