काठमाडौं ।
यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच झडप हुँदा २७० भन्दा बढीको ज्यान गएको छ ।
साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुन : आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो ।समाचार एजेन्सी एएफपीका अनुसार झडपमा परी २४ घण्टामै दुवै पक्षका २७० भन्दा बढीको ज्यान गएको छ ।
हुथी विद्रोहीले गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट सैनिक मात्र ११५ जना मारिएका छन् । दर्जनौँ सैनिक घाइते छन् ।यसैबीच, हुथी सैन्य स्रोतले एएफपीलाई बताएअनुसार पछिल्लो एक दिनमा उनीहरूका १६० लडाकु मारिएका छन् ।













