पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको भाउ घटेको थियो । पाउन्डको भाउ भने बढेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ छ । हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा थियो । त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ छ। हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९९ रुपैयाँ २२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०८ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा थियो ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।














