आज दोहोरो अंक घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ । सोमबार सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ ।

सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबर कारोबार भएको छ ।

  • १२ आश्विन २०८३, सोमबार १६:०२ प्रकाशित