ललितपुरमा साढे दुई तले घर ढल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ ।

सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको उनले बताए । सो घरमा थापाको तीन जनाको परिवार बस्दै आएको थियो ।

अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको भनाइ छ ।घर ढल्दा घर मुनि रहेको खोल्सो पनि थुनिएको प्रहरीले जनाएको छ ।

  • १२ आश्विन २०८३, सोमबार १०:५८ प्रकाशित