पोखरा ।
मनाङको चामेमा गएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक विनोद बोहोराका अनुसार चामे गाउँपालिका वडा नम्बर ४ को माडा गाउँमा गएको पहिरोले खोला थुनिएको हो । लेदो सहितको पहिरोले नदी थुनिएको छ । पहिरो खस्ने क्रम अहिलेपनि जारी रहेको उनले बताए ।
पहिरोले नदीमा ताल बन्न थालेको र मर्स्याङ्दीमा साईरन बज्न थालेको स्थानीयले बताएका छन् । तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।














