यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसारआज शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र विक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ थियो ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५० पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६३ रुपैयाँ १७ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ ।कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २८ माघ २०७८, शुक्रबार ०९:१६ प्रकाशित