कांग्रेस वडा अधिवेशनको क्रममा विराटनगरमा दुई पक्षबीच कुटाकुट

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

विराटनगर ।

विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।

विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो ।नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुई पक्षबीच विवाद भएको थियो ।

कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ ।कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।

  • ९ आश्विन २०८३, शुक्रबार १६:५९ प्रकाशित