एमालेको वरिष्ठ नेतामा विद्या भण्डारीको नाम अनुमोदन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गर्दै केन्द्रीय कमिटीमा प्रस्ताव गरेको थियो ।

उक्त निर्णयलाई बिहीबारकै केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको नेता पद्मा अर्यालले जानकारी दिइन् ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहेका बादलको वरियताक्रम घटेर तेस्रोमा पुगेका छन् ।

  • ८ आश्विन २०८३, बिहीबार १७:०० प्रकाशित