२० औं एसियन गेम्स : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

२०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।पहिलो हाफमा १९–१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५–१२ ले अघि रहँदै समग्रमा ३४२५ ले विजयी भएको हो ।

यसअघि थाइल्यान्डलाई हराएको नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपाल र चाइनीज ताइपेइ सेमिफाइनल प्रवेश गरेका हुन् ।

सेमिफाइनलमा पुगेसँगै नेपालले महिला कबड्डीमा पदक जित्ने निश्चित भएको छ । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार खेल्नेछ ।१९औं एसियन गेम्समा नेपाली टोली महिला कबड्डीमा कांस्य पदक जितेको थियो ।

  • ८ आश्विन २०८३, बिहीबार १६:५४ प्रकाशित