भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ ।

दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न भनी नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो भोटाहिटीको नाममा परमादेश जारी गरेको हो ।

यसअघि अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो । साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन भनेको थियो । आदेश प्राप्त भएपछि दाहाललाई आज अदालतमा उपस्थित गराइएको थियो ।

दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • ८ आश्विन २०८३, बिहीबार १५:२५ प्रकाशित