ओलीलाई शंकर पोख्रेलले भने, ‘तपाईलाई नेता मानेकै छु तर नेतृत्व मिलेन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले महासचिव शंकर पोख्रेलले पार्टी भित्र समस्या भएको महसुस गर्ने तर व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्ने धारणा राखेका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार उनले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारमाथि इंगित गर्दै सुधार गर्नुपर्ने धारणा राखेका हुन् ।उनले आफूले ओलीलाई अध्यक्ष र नेता मानिरहेको उल्लेख गर्दै त्यो अर्थमा आफ्नो दूरी नरहेको धारणा राखे ।

बैठकमा सहभागी एक नेताका अनुसार महासचिव पोख्रेलले ‘तपाईंलाई भ्रम परेको छ। मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन’ भनेका थिए ।

‘तपाईं र मेरो दूरी छैन’ महासचिव पोख्रेलको भनाइ उदृत गर्दै एक नेताले भने,’ पार्टी भित्र समस्या छन् रियलाइजेसन गरौं, अनि मात्रै समाधान हुन्छ ।’ तपाईंलाई नेता मानेकै छु तर नेतृत्व मिलेन। तपाईंले कार्यकर्तालाई समान रूपले हेर्ने दृष्टिकोण राख्नुपर्‍यो ।’

राजनीतिक, वैचारिक, सैद्धान्तिक सबै कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले यही कारण मान्छेहरुले आफूहरूलाई मान्न छोडेको धारणा महासचिव पोख्रेलको थियो ।

‘रियलाइजेसनसहितको एकता हो भने त्यसले परिणाम दिन्छ’ महासचिव पोख्रेलले भने,’ प्रतिवेदनमा रियलाइजेसन गर्ने, तर व्यवहार चाहिँ यथावत् रहने कुराले ठिक हुँदैन ।

  • ६ आश्विन २०८३, मंगलवार १३:५४ प्रकाशित